Incident Reports

धनकुटामा सभासदमाथि कुर्सी प्रहार, ३ जना गम्भीर घाइते, तीन वटा पेट्रोल बम बरामद

2015-07-21

Province 1, Dhankuta, Dhankuta, Ward 6

संघीय लिम्बुवान राज्य परिषद्‌का कार्यकर्ताले संविधान मस्यौदा सुझाव संकलन भइरहेको ठाउँमा छिरेर सुझाव संकलन कार्य बिथोलेका छन् । धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा भइरहेको सुझाव संकलनमा परिषद्‌का कार्यकर्ताहरु छिरेर कुर्सी हानाहान गरेका थिए । उनीहरुले मञ्चमा बसेका सभासदहरुलाई कुर्सी हानेका थिए । धनकुटामा वाणित तथा अापूर्ति मन्त्री सुनिलबहादुर थापा, टिकराम चेम्जोङ, अन्जना चाम्लिङ, उदय नेपाली श्रेष्ठ, महिम लिम्बुसहित ७ जना सभासदकाे टाेली सुझाव सं‌कलनकाे लागि अाएका छन् । शसस्त्र प्रहरीले कार्यक्रम स्थल नजिकैबाट तीन वटा पेट्रोल बम बरामद गरेको छ । कार्यक्रमस्थल बाहिर रहेको एक चिया पसलबाट बम फेला परेको हो । परिषद्‌का कार्यकर्ताले कुर्सी हान्नथालेपछि प्रहरीले लाठि प्रहार गरेको छ । लाठि प्रहारबाट परिषद्‍का तीनजना कार्यकर्ता गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका एसपी विभूतिराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार घाइतेको अवस्था चिन्ताजना रहेको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइहरेको छ । सुझाव संकलन भइहरेको ठाउँमा हेलमेट लगाएर परिषद्‌का कार्यकर्ता छिरेका थिए । उनीहरुले कुर्सी हान्न थालेपछि भागदौड मच्चिएको थियो । परिषद्‌का केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर गुरुङको नेतृत्वमा ४० जनाको समूहमा आन्दोलनकारी संकलन केन्द्रमा पसेका थिए । प्रहरीले लाठि प्रहार गरेपछि १५ मिनेट सुझाव संकलन कार्य रोकिएको थियो । अहिले विशेष सुरक्षाका साथ कार्यक्रम सुचारु भइरहेको छ । संकलनमा आएका सहभागीले परिषद्‌का कार्यकर्ता छिर्नुमा प्रहरीको कमजोरी रहेको भन्दै आलोचना गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Riot
Secondary Form Symbolic violence
Weapons Blunt weapon , Improvised explosive device (IED)
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments