Incident Reports

प्रहरीसँगको झडपमा गणेश थापा घाइते

2015-07-21

Bagmati, Makawanpur, Hetauda, Ward 4

(Update)--हेटौंडाको पल्पसा हलमा भइरहेको सुझाव संकलनमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीसँगको झडपमा राप्रपा नेपालका सभासद गणेश थापा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फ) अध्यक्ष समेत हुन प्रहरीसँगको झडपमा गणेश थापा घाइते पल्पसा हलमा भइरहेको सुझाव संकलनमा अवरोध गर्न गएका राप्रपा नेपालका कार्यकर्तालाई प्रहरीले रोकेपछि दुवै पक्षबीच झडप भएको थियो । प्रदर्शनकारीको नेतृत्व थापाले गरेका थिए । झडपको क्रममा सभासद गणेश थापा, उनका छोरा अभिषेक थापा, राप्रपा नेपाल अध्यक्ष कमल थापा पत्नी प्रलितासहित केही कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

(Updated)--मकवानपुरको हटियामा संविधानको मस्यौदा जलाउने क्रममा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा एक दर्जन कार्यकर्तासहत ३ जना प्रहरी घाइते भएका छन् । सुझाव संकलनका क्रममा राप्रपा नेपालका कार्यकर्ताले ढुंगामुडा गरेपछि प्रहरीले धरपकड गरेको हो। प्रहरीको लाठीचार्जबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाको श्रीमती प्रलिता, केन्द्रीय सदस्य राजाराम बर्तौला लगायतकालाई चोट लागेको छ । स्थानीयको घरको झ्यालको सिसा फुटेको छ । मस्यौदा सुझाव संकलन स्थल अहिले प्रहरीको नियन्त्रणमा छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Secondary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 12
Total Abducted o
Total damaged Buildings o
Severely damaged Buildings o
Totally damaged Vehicles o
Severely damaged Vehicles o
National/Online Media

0 Comments