Incident Reports

लिपुलेक हाम्रो हो भन्दै विप्लव माओवादीको प्रर्दशन

2015-07-23

Bagmati, Bhaktapur, Bhaktapur

विप्लव नेतृत्वको नेकपा-माओवादीले भक्तपुरमा बुधबार मशाल जुलुस गरेको छ । ‘लिपुलेक हाम्रो हो, राष्ट्रघाति सम्झौता खारेज गर, १६ बुँदे सहमति खारेज गर भन्ने नारासहित नगरका विभिन्न क्षेत्रबाट आएको जुलुश सूर्यविनायकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै भक्तपुर सेक्रेटरी तिलक मल्ल ‘क्षितिज’ ले नेपाली भूमि लिपुलेकलाई व्यपारिक नाकाको रुपमा प्रयोग गर्ने भनि भारत र चीनबीच भएको सम्झौता राष्ट्रघाति भएको बताए । ‘हाम्रो भूमिबारे चीन र भारतले गरेको सम्झौता राष्ट्रघाति छ, यो सम्झौता खारेज नगरेसम्म आन्दोलन जारी रहन्छ’ क्षितिजले कोणसभालाई सम्बोधन गर्दै भने । उनले पार्टीले साउन ८ गते आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सबैपक्षसँग आग्रह समेत । साउन ८ गतेको बन्दको प्रचारप्रसारको लागि माओवादीले आज देशभर विविध कार्यक्रम गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments