Incident Reports

विप्लप माओवादीले स्कुल भ्यान जलाए

2015-07-24

Lumbini, Banke, Nepalgunj, Ward 12

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण नेपालगन्जको जनजीबन प्रभाबित भएको छ। सडकमा सबारीका साधनहरु निक्कै कम मात्रामा चलेका छन्। बजार क्षेत्रमा बन्दको असर देखिएको छ। पसलहरु पनि कमै खुलेका छन्। यसैबीच बन्दका आब्हानकर्ताहरुले नेपालगन्जको सुर्खेत रोडमा एउटा भारतीय नम्बर प्लेटको सवारी साधनमा आगजनी गरिदिएका छन्। सीमावर्ती भारतको रुपैडियाबाट नेपालगन्जमा विद्यार्थी ओर्सान आएको सीमान्त इन्टर कलेजको युपी ४० टियु ७६३ नम्बरको भ्यानमा आगजनी गरेका हुन्। थप अप्रिय घटना हुन नदिन नेपालगन्जको सुरक्षा व्यवस्था कडा पारिएको छ। लामो दुरीका सार्वजनिक यातायतका साधनहरुलाई स्कटटिङ गरेर गन्तब्य सम्म पुराउने ब्यवस्था मिलाईएको बाँकेका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरले बताए। धम्वोजी, पुष्पलाल, विपी चोकलगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। संविधानको मस्यौदाको बिरोध तथा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको आह्वान गरिएको नेकपा माओवादीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments