Incident Reports

हिरोइन बनाइदिने भन्दै महिला बेच्न खोज्ने पक्राउ

2015-07-24

Bagmati, Kathmandu, Kathmandu, Ward 1

भारतीय चलचित्रमा हिरोईनको रोल दिने भन्दै दुई सन्तानसहित महिलालाई बेच्न खोजेको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्रेको छ । भारत बेतिया घर भई काठमाडौंमा ठेक्कापट्टाको काम गर्ने ४८ वर्षीय मोहम्मद सोवरातीलाई दुई बच्चासहित महिलालाई बेच्न खोजेको आरोपमा प्रहरीले ७ साउनमा काठमाडौंबाट पक्रेको हो । महिलालाई भारतीय चलचित्रमा खेलाउने, उनका दुई सन्तानलाई अध्ययन्को व्यवस्था मिलाउने र भारतीय सहारा बैंकको खातामा भएको ३८ लाख भारतीय रुपैंया समेत दिने भनी सोवरातीले ती महिलालाई फकाएका थिए । भारततर्फ लगिंदै गरिएकी महिला र उनका दुई बच्चालाई वीरगञ्जबाट केआई नेपाल नामक संस्थाले उद्दार गरेको थियो । त्यसबेला सोवराती भने भाग्न सफल भएका थिए । उनी भागेर काठमाडौं पुगेको थाहा भएपछि काठमाडौंबाटै पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । सोरावतीलाई पर्सा जिल्ला अदालतबाट मानव बेचविखन ओसार पसार मुद्दा म्याद थप गरी आवश्यक अनुसन्धान शुरु भएको छ ।
National/Online Media

0 Comments