Incident Reports

बागलुङबाट एघारजना बन्दकर्ता पक्राउ

2015-07-24

Gandaki, Baglung, Baglung, Ward 2

विप्लव नेतृत्वको नेकपा माओवादीले आजका लागि आह्वान गरेको नेपाल बन्द सफल पार्न हिँडेका बागलुङका माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका ११ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो । चीन र भारतबीच भएको लिपु सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गर्दै माओवादीले आज नेपाल बन्दको आह्वान गरेको थियो । बागलुङ बजारको हल्लन चोकबाट विप्लव नेतृत्वको नेकपा माओवादी बागलुङका कार्यकर्तालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए । पक्राउ पर्नेमा नेकपा माओवादी बागलुङका सेक्रेटरी विकीरण, अनन्त केसी, नवीन कुँवर, बाबुलाल शाक्य, दिनबहादुर कुमाल, एलपी बुढा, बाबुराम आचार्य, अविनाश विक, राम मगर र दीपेन्द्र रहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । माओवादी कार्यकर्ताले भने शान्तिपूर्ण बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले धरपकड गरी पक्राउ गरेको आरोप लगाएका छन् । माओवादीले आह्वान गरेको बन्दका कारण यहाँ लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन् । यहाँ शैक्षिक संस्था, बजार बन्द रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 11
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments