Incident Reports

उपत्यकामा मात्र ७५ बन्दकर्ता पक्राउ

2015-07-24

Bagmati, Kathmandu, Kathmandu, Ward 10

 नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण उपत्यका लगायतको जनजीवन प्रभावित भएको छ। फाटफुट निजी सवारीसाधन चलेपनि सार्वजनिक यातायात नचल्दा यात्रुहरु मारमा परेका छन्। बन्दका कारण अप्रिय घटना हुन नदिन प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। चीन र भारतबीच भएको लिपु सम्झौता खारेजलगायतका माग गर्दै माओवादीले आज नेपाल बन्दको आह्वान गरेको थियो। राससका अनुसार जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौंबाट र एकजनालाई ललितपुरबाट आज पक्राउ गरिएको प्रहरीले बताएको छ । बोतल र जर्किनमा पेट्रोल बोकेका ती बन्दकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले राससलाई जानकारी दिए। नियन्त्रणमा लिइएका बन्दकर्तालाई आवश्यक छानबिनपश्चात् मात्र रिहा गरिने प्रहरीले बताएको छ। माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा प्रहरीले सादा पोसाक र पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले बताए। बन्दकर्ताले आज बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड गरेको बाहेक सामान्य अवस्था रहेको प्रहरीले बताएको छ। बन्दको त्रासले उपत्यकामा फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण उपत्यकामा पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्था, कार्यालयसमेत प्रभावित भएका छन्।


नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीद्वारा गरिएको शुक्रबारको नेपाल बन्दको क्रममा बन्दकर्ताले देशका विभिन्न स्थानमा २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तोडफोडमा संलग्न १९७ जना पुरुष र पाँच जना महिला गरी २०२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चार जनालाई छानबिन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ। बन्दकर्ताले काठमाडौँ बालाजुमा ना३ख ४४३५ नम्बरको डिडिसी दूधको गाडी, कमलादीमा बा१ज ४३६७ नम्बरको गाडी, नेपालटारमा बा१०च ६६४० को कार, वसुन्धरामा बा५ख ८२५१, बौद्धमा बा१ज ५२५५ नम्बरको सवारीसाधन तोडफोड गरेका छन्। त्यसैगरी ललितपुर पुल्चोकमा बा१ज ५८३६, बा१ ज ७३२२ र प्रयागपोखरीमा बा३ख ११०८ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरी क्षति पुर्‍याएका छन्। 




Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 75
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 8
National/Online Media

0 Comments