Incident Reports

हत्या आरोपमा माओवादी नेता गिरफ्तार

2014-05-31

Madhes, Saptari, Agnisair Krishna Savaran

 प्रसवनी गाविस-३ का मसुकलाल सरदारको हत्या आरोपमा सोही ठाउँका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका जिल्ला सहइन्चार्ज बच्चेलाल सरदारलाई सप्तरी प्रहरीले प्रसवनी चोकबाट ०७२ साउन ८ गते गिरफ्तार गरेको छ । बन्दका क्रममा टायर बाल्दै गरेको अवस्थामा गिरफ्तार भएका आरोपितमाथि मसुकलालको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता रहेकोले अनुसन्धानका लागि साउन ८ गते राति लहान पठाइएको एसपी शिशिरकुमार कर्माचार्यले जानकारी दिए । मसुकलालको ०७१ जेठ १७ गते राति हत्या भएको थियो । र्सपदंशले मृत्यु भएको भन्ने खबरसहित दाहसंस्कारका लागि घर ल्याइएका मृतकको शरीरभर कुटपिटको नीलडाम देखिएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरले राजविराजस्थित अञ्चल अस्पतालमा ०७१ जेठ १८ गते लाशको पोष्टमार्टम गरेको थियो । सर्पदंशले मृत्यु भएको भनिएका मृतकको मृत्यु घाँटी बटारेर भएको भनी पोष्टमार्टम प्रतिवेदनले जनाएको लहान प्रहरीले जानकारी दिएको छ । मसुकलालका बुवा बच्चुलाल सरदारले आरोपितसहित १२ जनाविरुद्ध ०७१ जेठ २१ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका थिए । मसुकलालका परिवारका सदस्यका अनुसार मादक पदार्थ खाएका बेला ०७१ जेठ १७ गते राति उनीहरुबीच झगडा हुँदा बच्चेलालसहितकाले कुटपिट गरी हत्या गरेका हुन् । आरोपित र मृतकसहित प्रसवनी गाविस-३ का युवाहरु सिरहाको विष्णुपुर कट्टी गाविस-७ स्थित सर्रे खोलामा गिट्टी बालुवा संकलन गर्ने मजदुरी काम गर्थे । आरोपित उतिबेला वैद्य समुहको नेकपा-माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज थिए । यसैगरी प्रसवनी गाविस-३ का ३० वर्षीय रन्जित सरदारको शंकास्पद मृत्यु सम्बन्धमा बच्चेलालसहित प्रसवनी गाविस-३ का शिवनारायण सरदार, उनका छोरा दिनेश सरदार र मिहिलाल सरदारविरुद्ध पुनरावेदन अदालत राजविराजले कर्तव्य ज्यान मुद्दामा कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई ०७१ जेठ ११ गते परमादेश गरेको थियो । रन्जितको शव रुखमा झुण्डिएको अवस्थामा ०७० माघ ४ गते शम्भुनाथ गाविस-७ सखुवा स्थित गंगाई भगतको खेतमा रहेको पिपलको रुखमा फेला परेको थियो । ०७० माघ १ गते राति बच्चेलालको समूह र रन्जितको समूहबीच भएको कुटपिटमा प्रहरीले रन्जित समूहका रामदेव सरदार र सुरेश सरदारलाई गिरफ्तार गरी केही सार्वजनिक अपराध मुद्दा चलाएपछि आरोपितहरुले रन्जितलाई लखेटेर शम्भुनाथमा हत्या गरी रुखमा झुण्ड्याको मृतक परिवारको आरोप छ । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
INSEC

0 Comments

Related Reports