Incident Reports

बलात्कार प्रयास गर्ने छापाखाना सञ्चालक पक्राउ

2015-07-25

Lumbini, Banke, Nepalgunj

किशोरीमाथि बलात्कार प्रयास गरेको अभियोगमा नेपालगन्ज, घरबारीटोलस्थित नमस्ते प्रिन्र्टस(छापाखाना)का सञ्चालक 'दुर्गा' भनिने ज्योतिलाल भण्डारी पक्राउ परेका छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको छ । बाँके, मनिकापुर निवासी एक किशोरीमाथि भण्डारीले शनिबार बलात्कार प्रयास गरेका थिए । छापाखानाका लागि कर्मचारीको आवेदन आह्वान गरेका भण्डारीले शनिबार बिहान ९ बजेतिर केही प्रतिस्पर्धीलाई बोलाएका थिए । अन्तर्वार्ता लिइसकेपछि भण्डारीले अचानक छापाखानाको सटर लगाएर हातपात गर्दै बलात्कार प्रयास गरेपछि आफूले प्रतिवाद गरेर जोगिन सफल भएको पीडित किशोरीले बताएकी छन् । आइतबार बिहान छापाखानामै पुगेर भण्डारीलाई प्रहरी बोलाएर पक्राउ गराएका थिए । पीडित किशोरीका परिवार र आफन्त आरोपी विरुद्ध जाहेरी दिन आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेका छन् । मुद्दा शाखा, इन्चार्ज प्रहरी निरिक्षक हिक्मत बोहराले पीडितको जाहेरी दर्ता गरिदिने बताए । 'अभियुक्तलाई हामीले हिरासतमा लिइसकेका छौै, बयान लिन बाँकी नै छ,' उनले भने । पटक–पटक यौन काण्ड दोहोराएर भण्डारीलाई हदै सम्मको कानुनी कारबाहीको माग गर्दै नेपाल स्वतन्त्र मजदुर युनियन बाँकेले पनि प्रहरीलाई दबाब दिएको छ । युनियनका अध्यक्ष हरि ज्ञवालीले दोषीलाई कानुनी कारबाही नभए आफूहरु चुप नलाग्ने चेतावनी दिए । छापाखाना व्यवसायी भण्डारीले करिव १० महिना अघि पनि आफ्नो छापाखानामा काम गर्ने एक पूर्वकम्लरीलाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो । पीडित पूर्वकम्लरीलाई रुपैयाँ र विभिन्न प्रलोभन देखाएर उनी कानुनी कारबाहीबाट जोगिएका थिए । घटनाको केहीदिन पछि पीडित पूर्वकम्लरी नेपालगन्जबाट विस्थापित भएकी थिइन् । 'त्यतिबेला पूर्वकम्लरीलाई विभिन्न आश्वासन दिएर प्रहरीमा जाहेरी दर्ता गराउनबाट उसले रोकेको थियो, अहिले पनि त्यस्तो काम नगर्ला भन्न सकिन्न,' ज्ञवालीले भने । पीडित पूर्वकम्लरी अहिले राजधानीमा रहेको मुक्त कम्लरी विकास मञ्चले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments