Incident Reports

भारतमा नेपाली युवाको रहस्यमय मृत्यु, हत्याको आशंका

2015-07-26

Lumbini, Bardiya, Badhaiyatal

नेपाल भारत सीमावर्ती क्षेत्रको बर्दिया नजिक पर्ने भारतको बलेगाँउ सिमाना नजिक मेडकिया गाउँमा एक नेपाली युवकको मृत्यु भएको छ । कालिकोट तिलखाय गाविस ५ का २२ वर्षिय खडकबहादुर शाहीको रहस्यमय मृत्यु भएको हो । भारतीय प्रहरीबाट दिईएको पोष्टमार्टम रिपोर्ट, जिल्ला अस्पताल बर्दियाले दिएको पोष्टमार्टम रिपोर्ट र घटनास्थलका स्थानीयबासिन्दाको भनाई तथा शवको फोटोको आधारमा शाहीको हत्या भएको आशंका परिवारले गरेका छन् । शाही मूर्ति चोरीमा संलग्न रहेको र पक्राउ गर्ने बेलामा भाग्दा पानीमा डुवेर मृत्यु भएको भारतीय सुरक्षाकर्मीले दावी गरेका छन् । भारतमा गरिएको पोष्टमार्टम रिपोर्टमा पानीमा डुवेर मृत्यु भएको उल्लेख छ । जिल्ला अस्पताल बर्दियाको रिपोर्ट अनुसार शाहीको दाहिने आँखामा चोट देखिएको छ । धेरैदिन भएका कारण शव गलीसकेकोले प्रमाण नभेटिएको पोष्टमार्टममा संलग्न अस्पतालका चिकित्सकले वताएका छन् । भारतीय रिपोर्टमाथि विश्वास नलागेपछि मृतकका आफन्तले बर्दिया अस्पतालमा पोष्टमार्टमको लागि निवेदन दिएका थिए । घटनाको सत्य तथ्य वाहिर आउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने र पीडित परिवारलाई राहत दिईनुपर्ने आफन्तले माग गरेका छन् । नेपालबाट भारततर्फ मूर्ति लैजाने क्रममा भारतीय सुरक्षाकर्मीले कालिकोटका अरु ४ जनालाई पनि बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तिर्थबहादुर शाही, अनिलबहादुर शाही, लोक बहादुर शाही र शेरबहादुर शाही रहेको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै सशस्त्र प्रहरी सीमा सुरक्षावल बर्दियाका प्रहरी उपरीक्षक प्रदीपकुमार पालले जानकारी दिनुभयो । सुर्खेतका राजेश शाही भने फरार रहेको र हालसम्म सम्पर्कमा नआएको जनाईएको छ । भारतीय सुरक्षाकर्मीले उनीहरुबाट २४ किलोग्राम र १६ किलोग्रामको दुईवटा ढुङ्गाको मूर्ति बरामद गरेको छ । भारतीय सुरक्षाकर्मीले बरामद गरेको मूर्ति कालिकोटको कालिका मन्दिरको हुनसक्ने र मूर्ति भारत लैजान जंगलको बाटो प्रयोग भएको हुन सक्ने बताईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Unclear
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports