Incident Reports

खाडी देश हिँडेका २१ नेपाली युवती भारतबाट गिरफ्तार

2015-07-26

Bagmati, Kathmandu, Kathmandu, Ward 10

भारतीय प्रहरीले खाडी देश जानका लागि भारत पुगेका २१ नेपाली युवतीलाई गिरफ्तार गरेको छ । अवैध रुपमा रोजगारीका लागि खाडीका देशमा जान नेपालको एअरपोर्ट प्रयोग गर्दा पक्राउ पर्ने डरले भारतको बाटो प्रयोग गरेका उनीहरु गिरफ्तारमा परेका हुन् । मिडियाका अनुसार भारतीय प्रहरीले छापा मारेर उनीहरुलाई महिपालपुर क्षेत्रका होटलबाट शनिबार गिरफ्तार गरेको हो । पक्राउ परेका मध्य केहिसँग दुवईको पर्यटक भिषा रहेको बताइएपनि उनीहरुको परिचय भने खुलाइएको छैन । प्रहरीका अनुसार उनीहरुसँग भिषा भएपनि श्रम स्टिकर नलगाएको पाइएको छ । पक्राउ गरिएका ति युवतीहरुलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन थुनामा राखिएको छ । उनीहरुसँगै दुई नेपाली दलालसमेत पक्राउ परेको जनाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका डिपुटी कमिनसर एमआई हैदरले जनाएअनुसार दलालले नक्कली यात्रा अनुमति पत्र र कागजातका भरमा धेरै युवतीलाई खाडी मुलुकमा पठाइ सकेको बयान दिएका छन् । पक्राउ परेका युवतीमध्ये अधिकांश विभिन्न रुटबाट बससेवामार्फत दिल्ली पुगेको प्रहरीले जनाएको छ । उनीहरु सबै गत सोमबार र मंगलबार दुवई उड्न लागेका ७ नेपाली युवतीले दिएको सूचनाका आधारमा गिरफ्तारमा परेको समाचारमा जनाइएको छ ।

0 Comments