Incident Reports

जामको तस्बिर खिच्दा पत्रकारमाथि दुर्व्यवहार

2015-07-27

Bagmati, Kathmandu, Kathmandu, Ward 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की चढेको गाडीले सडक जाम गरेको तस्बिर लिँदा इमेज न्युज एफएमका पत्रकार सन्दिप योगी कुटिएका छन्। अख्तियारको गेट अगाडि रोकिएको कार्कीको गाडीले सडक जाम गराएको तस्विर लिँदा इमेज एफएमका पत्रकार योगी सोमबार दिउँसो अख्तियारको गेटको सुरक्षामा खटिएका प्रहरीबाट कुटिएका हुन्। अख्तियारको गेटको सुरक्षामा खटिएका प्रहरीबाट कुटिएका हुन्। बालुवाटारतिरबाट आएको कार्कीको गाडी सडकमै २ मिनेटसम्म रोकिँदा सो क्षेत्रमा जाम भएपछि मोटरसाइकलमा रहेका योगी ओर्लिएर तस्विर लिएका थिए। '२ वटा फोटो खिचेपछि लगत्तै एक प्रहरीले मतिर औँला देखायो र प्रहरी दौडिएर क्यामरा खोस्न आयो,' योगीले भने' प्रहरीले मोटरसाइकल र ब्याग अख्तियारको गेटभित्र लगे।' सुरक्षाकर्मीले उनको झोला र मोटरसाइकल नियन्त्रणमा लिएर डेढ घन्टापछि छाडेको थियो। योगीका अनुसार प्रहरीले सामान दिँदा 'तलाईँ पख' भन्दै धम्क्याएका थिए। समाचार सार्वजनिक गरेको भन्दै पत्रकार 'निकालिए' अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले सडक जाम गराएको तस्बिर खिच्दा कुटिएका इमेज न्युज एफएमका सञ्चारकर्मी सन्दिप योगीलाई इमेजको व्यवस्थापकले निकालेको छ। योगीका अनुसार कुटिएको समाचार सार्वजनिक गरेर संस्थाको बदनाम गराएको भन्दै इमेज व्यवस्थापकले बिहीबारबाट कार्यालय नआउनू भन्दै उनलाई संस्थाबाट निकालेको हो। मंगलबार अख्तियारको गेटअगाडि सडकमै कार्की चढेको गाडी रोकिँदा जाम भएपछि योगीले त्यसको तस्बिर खिच्दा आयोगको गेटमा रहेका सुरक्षाकर्मीले उनलाई कुटपिट गरेका थिए। तस्बिर खिचेको विषयमा विवाद गर्दै उनको झोला र मोटरसाइकलसमेत प्रहरीले डेढ घन्टा नियन्त्रणमा लिएर छाडेको विषयमा समाचार सार्वजनिक भएपछि 'घटना सार्वजनिक गरेर संस्थाको बदनाम गराएको' भन्दै व्यवस्थापकले काम गर्न नआउनू भनेको योगीले नागरिकलाई जानकारी दिए। 'व्यवस्थापकले बोलाएर समाचार किन लिक गरेको, यसले हाम्रो बदनाम भयो भोलिबाट नआउनू भने,' योगीले भने, 'तलब बैंक अकाउन्टमा हाल्दिन्छौं भनेर पठाए।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments