Incident Reports

बली प्रकरणमा उक्साउने व्यक्तिलाई तुरून्त पक्राउ गर्न संसदको माग

2015-07-21

Gandaki, Nawalparasi East, Binayee Tribeni

 नेपाली कांग्रेसका सभासद देवकरणप्रसाद कलवारले नवलपरासीमा भएको वालकको बली प्रकरणमा उक्साउने व्यक्ति अहिले पनि खुलेआम हिँडिरहेको भन्दै उनीहरुलाई पक्राउ गर्न माग गरेका छन्। सोमबारको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिले पारित गरेको बोक्सी सम्बन्धी कसूर र सजाय विधेयक सम्बन्धि समितिको प्रतिवेदनमाथि छलफल कार्यक्रममा बोल्दै कलवारले भने,‘ बालक बलि प्रकरणमा संलग्न सबैलाई कानुन बमोजिम कारबाही होस्।’ उनले नेपाल भारतसीमामा भारतीय पक्षले उठाएको बाँध र सडकको कारण नवलपरासी क्षेत्रमा भएको डुवानबारे सरकारले तत्काल समस्या समाधानको लागि पहल गर्न माग गरेका छन्। त्यसैगरी उनले भारतीय सरकारका कारण जलमग्न हुँदा भएको क्षतिको क्षतिपूर्ति भारतीय सरकारबाट भराउन सरकारको ध्यानाकर्षण गराएका थिए। यस्तै सोमबारको बैठकमा बोल्दै एमाले सभासद आनन्दप्रसाद पाख्रेलले काठमाडौदेखि १२४ किलोमिटर पूर्व दोलखाको चन्द्रावति खोलाको पूल भत्किदा अहिले भूकम्प पीडितहरु थप पीडित भएको सम्झाए। उनले भने ‘उनीहरु अहिले राजधानीबाट सम्पर्क विहिन भएकाछन्। त्यसैले एक साताभित्र त्यहाँ बेलीब्रीज राख्न पनि माग गर्छु।’ यस्तै उनले दोलखालाई सडक सम्पर्क कायम गर्न सिन्धुपाल्चोकबाट नयाँ सडक मार्ग खोल्न आवश्यक बजेट विनियोजन गर्नसमेत माग गरेका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other types of criminal activity
Secondary Cause Other types of criminal activity
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments