Incident Reports

कुटपिट गरी धम्क्याउने जेठाजुहरूविरुद्ध उजुरी

2015-07-27

Madhes, Saptari, Hanumannagar Kankalini

 २ नम्बर जोगिनिया गाविस-८ की ३५ वर्षीया सुशीलाकुमारी यादवले कुटपिट गर्ने जेठाजुहरू ५५ वर्षीय बुली भनिने सूर्यनारायण मगरदैता, ४५ वर्षीय घनश्याम मगरदैता, ४३ वर्षीय राधेश्याम मगरदैता, देवर ३८ वर्षीय भुपेन्द्र मगरदैता र सूर्यनारायणका छोरा सशस्त्र प्रहरी निरीक्षक सञ्जित यादवविरुद्ध साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । बारम्बार कुटपिट गर्ने आरोपितहरुले साउन ९ गते घरभित्र प्रवेश गरी पीडित र उनका छोरा १३ वर्षीय अमर भनिने गेहेन्द्र यादवलाई ज्यान मार्ने धम्की दिई हातपात गरेको भनी पीडितले उजुरी दिएकी छन् । सामाजिक परम्पराअनुसार ०५७ वैशाख ११ गते विवाहित पीडितका पति महाप्रकाश मगरदैताको ०५८ असार १७ गते मृत्यु भएपछि उनी नाबालक छोराको लालनपालन गरी छुट्टै बसेकी छन् । आरोपितहरूले गालीगलौज, कुटपिट गर्नुका साथै हिँडडुलमासमेत बन्देज लगाउन खोजेको पीडितले बताइन् । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments