Incident Reports

शिक्षा विभागदेखि शिक्षा कार्यालयमा क्रान्तिकारीद्वारा तालाबन्दी

2015-07-28

Bagmati, Kathmandu, Kathmandu, Ward 11

 विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीले शिक्षा विभागदेखि सवै जिल्ला शिक्षा कार्यालयको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । विद्यार्थी संगठनहरुबीच विगतमा भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै क्रान्तिकारीले शिक्षा विभाग, उच्च माध्यामिक शिक्षा परिषद, परिषदका क्षेत्रीय कार्यालयहरु तथा देशैभरका शिक्षा कार्यालयका प्रमुखको कार्यकक्ष सोमवार एकै साथ तालाबन्दी गरिदिएका हुन् । उच्च माध्यामिक विद्यालयहरुमा गरिएको शुल्कवृद्धि, विदेशीको नाममा विद्यालयको नामाकरण, शिक्षामा भएको माफियाकरणको विरुद्धमा तालाबन्दी गरिएको क्रान्तिकारी महासचिव खगेश्वर केसीले बताए । विप्लव माओवादीको अखिल क्रान्तिकारीले निजी विद्यालयहरुको संगठन प्याब्सन, एन प्याब्सन तथा हिसानको कार्यालयमा पनि तालाबन्दी गरेका छन् । सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेकोले तालाबन्दी गर्नुपरेको केसीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments