Incident Reports

बलात्कार घटनाका आरोपितलाई १५ वर्षकैद र जरिवानाको फैसला

2015-07-26

Province 1, Khotang, Rupakot Majhuwagadhi

 सात वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका याम्खा गाविस-६ का ५५ वर्षीय हर्कबहादुर विश्वकर्मालाई जिल्ला अदालत खोटाङले साउन १० गते १५ वर्षकैद सजाय र ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीशर् इश्वरीप्रसाद गौतमको इजलासले मुलुकी ऐन जबरजस्तीकरणी महलको ३ (१) बमोजिम १२ वर्ष र हाडनाता करणी गर्ने महलको २ नं. बमोजिम थप तीन वर्षकैदसमेत गरी १५ वर्षर ७५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार शिवप्रसाद पराजुलीले बताए । जिल्ला अदालतकै आदेशमा ०७१ जेठ २७ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि आरोपितलाई कारागार शाखा दिक्तेल चलान गरिएको थियो । आरोपितले वैशाख २९ गते बालिकालाई बलात्कार गरेपछि पीडित पक्षले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालय, दिक्तेलमा दिएको उजुरीको आधारमा वैशाख ३० गते आरोपितलाई घरैदेखि गिरफ्तार गरिएको थियो । बालिकाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा वैशाख ३० गते स्वास्थ्य परीक्षण भएको थियो । डिएम चाम्लिङ राई
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments