Incident Reports

युवतीलाई फेसबुकमा अश्लील शब्द लेख्ने पक्राउ

2015-07-28

Province 1, Khotang, Diprung

फेसबुक च्याटमा अश्लील शब्द लेख्ने एक जना व्यक्ति पक्राउ परेका छन् । एक युवतीलाई फेसबुक च्याटमा अश्लील शब्द लेख्ने खोटाङ बतासे–३ का ४० वर्षका जयन्द्र राई सोमबार पक्राउ परेका हुन् । युवतीलाई फेसबुकमार्फत अश्लील शब्द लेखेको भन्दै इलाका प्रहरी चौकी हलेसीमा उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । राईले साउन–५ गते त्यस्तो शब्द लेखेको पीडित युवतीले बताएकी छन् । उनले आफ्नो आमालाई पनि पटक–पटक मिस्कल गरेर हैरानी पार्ने गरेको युवतीको भनाइ छ । ‘जिल्लामा साइबर क्राइमको मुद्दा हेर्ने निकाय छैन,’ खरेलले भन्नुभयो, ‘त्यसैले सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको छ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments