Incident Reports

जोखिमपूर्ण यात्रामा रहेका चार जना किशोरीको उद्धार

2015-07-27

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज भारत सीमा जमुनाहा भन्सारबाट जोखिमपूर्ण यात्रामा रहेका चार जना किशोरीलाई साउन ११ गते उद्धार गरिएको छ । उद्धार गरिएकाहरु रोल्पा जिल्ला कोचवाङ गाविसका रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई भारततिर गइरहेको अवस्थामा सीमामा निगरानी गरिरहेका साथी संस्थाका प्रतिनिधिले नियन्त्रणमा लिएर पुनर्स्थापना गृहमा राखेको छ । दुई जनाको फरक समुहमा गइरहेको अवस्थामा सोधपुछको क्रममा जोखिमपूर्ण यात्रा गरिरहेको भेट्टएिको साथी संस्थाकी कमला पन्तले बताइन् । उनीहरूले कामका लागि भारतको राजकोट र सिमला जाँदै गरेको बताएका थिए ।

विनोद पाण्डे

0 Comments