Incident Reports

घरेलु हिंसा पीडित महिलालाई पतिबाट भरण पोषण खर्च दिन आदेश

2015-06-02

Lumbini, Bardiya, Badhaiyatal

जिल्ला अदालतले बेलभार गाविसकी २० वर्षीया घरेलु हिंसा पीडित महिला पूजा मिश्रालाई उनका पति अनिल मिश्राबाट मासिक भरणपोषण खर्च ४ हजार रुपियाँ भराउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले साउन १० गते भरण पोषण रकम मासिकरूपमा अदालत मै बुझाउन आदेश दिएको हो । घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को दफा ६ (१) बमोजिम निवेदन परेका मितिदेखि फिरादको अन्तिम टुङ्गो नलागेसम्म भरणपोषणका लागि मासिक ४ हजार रुपियाँ विपक्षीबाट मासिकरूपमा अदालतमा दाखिल गरेर पीडितलाई बुझाउने आदेश दिएको पीडितलाई कानुनी सहयोग गर्दै आएका अधिवक्ता लोकबहादुर शाहले बताए । पुजाको १७ वर्षको उमेरमा उदयपुर गाविसका अनिल मिश्रासँग ०६९ सालमा परम्परागत विवाह भएको थियो । विवाह लगत्तै देखि पति र परिवारका सदस्यहरुले भने जति दाइजो नल्याएको भन्दै पूजालाई शारीरिक र मानसिक यातना दिने गरेको पीडितले बताइन् । यस भन्दा अघि पुजाले महिला तथा बालबालिका कार्यालयमा आफू माथि हिंसा भएको भन्दै निवेदन दिएकी थिइन् । दुवै पक्षबीचको छलफलमा पति र घर परिवारले पुजामाथि हिंसा नगर्ने सहमतिमा ०७२ जेठ ८ गते मिलापत्र गराइएको फोकल पर्सन विन्दु कुँवरले बताइन् । मिलापत्र भएको केही दिन पछि जेठ १७ गते पीडितले आफुमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा गइन् प्रहरीले जेठ १९ गते मिलापत्र गराएको थियो । माइती घरमा बस्दै आएकी पुजाले असार १५ गते जिल्ला अदालतमा फिराद पत्र दर्ता गराएकी थिइन् । घरेलु हिंसाका घटनामा बाँके जिल्ला अदालतबाट भएको यो आदेश ऐतिहासिक र पीडितको पक्षमा भएको पुनरावेदन बार एशोसियसन नेपालगञ्जका पूर्वअध्यक्ष समेत रहेका अधिवक्ता लोकबहादुर शाहले बताए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports