Incident Reports

घरेलु हिंसा पीडित महिलाद्वारा अंश सहित सम्बन्धविच्छेदको मुद्दा दर्ता

2015-07-28

Karnali, Jumla, Kanakasundari, Ward 6

बिराट गाविस-८ लुड् की घरेलु हिंसा पीडित महिला ३१ वर्षीया माया जिसीले साउन १२ गते पति ४५ वर्षीय मानबहादुर जिसी विरुद्ध जिल्ला अदालतमा अंश सहित सम्वन्धविच्छेदको मुद्दा दर्ता गराएकी छन् । पीडित महिलाले पति मानबहादुरले आफू र एउटा छोरालाई खान लाउन तथा स्वास्थ्य, शिक्षासमेत नदिएको उजुरीमा उल्लेख छ । आफु मानबहादुरकी कान्छी पत्नी भएको र जेठी पत्नी बाँके जिल्लाको नौबस्ता गाविस - ८ मा बसोबास गर्दै आएकोले आफुहरुलाई रेखदेख नगरेको पीडितले बताइन् । जिल्ला अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेले मुद्दा दर्ता भएर कारबाही प्रक्रियामा रहेको बताए । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments