Incident Reports

राैतहतमा २ नाबालिग बलात्कृत

2015-07-31

Madhes, Rautahat, Maulapur, Ward 5

१० वर्षीया बालिकालाई साउन १५ गते साँझ बलात्कार गरी पतौरा गाविस-६ का १७ वर्षीय बालक फरार भएको प्रहरीले जनाएको छ । पीडित बालिका गाउँ नजिकै रहेको उखुवारीमा घाँस काट्न गएका अवस्थामा आरोपित पटेलले वलत्कार गरी फरार भएको पीडितको अभिभावकले बताएका छन् । घाँस काट्न गएकी बालिका साँझ अबेर सम्म पनि घर नफर्किएपछि अभिभावकले खोजी गर्दा उखुबारीमा अर्धचेत अवस्थामा फेला पारेका थिए । पीडित बालिकाको अवस्था गम्भीर रहेकाले गाउँमा सामान्य उपचार गरी थप उपचारको लागि बीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । आरोपित फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी इन्सपेक्टर सन्तुलाल प्रसाद जैसवारले बताए । बिपिन गौतम 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments