Incident Reports

बालक 'बलि' दिनेलाई कडा कारबाही माग

2015-08-03

राष्ट्रिय मानवअधिकार आयोगले तन्त्रमन्त्रको नाममा नवलपरासी, कुडिया-४, मर्चहवाका १० वर्षीय जीवन कोहारको हत्यामा संलग्नमाथि कडा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। सदरमुकामबाट २० किलोमिटर पूर्वमा पर्ने मर्चहवामा स्थानीय कोदई हरिजनका बिरामी छोरा विजयको उपचारक्रममा बलि चढाउनुपर्ने भन्दै जीवनको हत्या गरिनु जघन्य अपराध भएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 'मानिसको बलि दिएर रोग निको हुन्छ भन्ने अन्धविश्वासमा बालकको हत्या गर्ने कार्य दण्डनीय अपराध हो,' आयोगले भनेको छ, 'अपराधमा संलग्न व्यक्तिलाई कानुनबमोजम अधिकतम सजाय गर्न र मृतकका घरपरिवार ज्याला–मजदुरी गर्ने भएकाले तत्काल राहत र क्षतिपूर्तिस्वरुप उचित रकम उपलब्ध गराउन आयोग सरकारलाई आग्रह गर्दछ। ' अज्ञानता व्याप्त रहेको नेपाली समाजमा यस किसिमका घटना दोहोरिन नदिन जनचेतना अभियान सञ्चालन गर्न आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments