Incident Reports

जागिर खोसिएका सञ्चारकर्मी कुटिए

2015-08-03

Bagmati, Kathmandu, Kathmandu

नेपाल पत्रकार महासंघले इमेज एफएममा कार्यरत पत्रकार सन्दिप योगीको विषयमा अनुगमन गरिरहेको जनाएको छ। सोमबार महासंघले विज्ञप्ती निकालेर घटनासम्बन्धी यथार्थ बुझ्न महासंघले छानबिन समिति गठन गरेको र समितिले आफ्नो काम गरिरहेको उल्लेख गर्दै योगीलाई पुनस्थापनाको वातावरण मिलाएको पनि प्रारम्भिक जानकारी आएको जनाइएको छ। महासंघका महासचिव उजिर मगरको हस्ताक्षर रहेको विज्ञप्तीमा आइतबार योगीमाथी कोटेश्वरमा भएको कुटपिटबारे भने केही उल्लेख गरिएको छैन । विज्ञप्तीमा योगीको विषयलाई अन्यन्त्र मोडी महासंघका अध्यक्ष तथा इमेज च्यानलका समाचार प्रमुख महेन्द्र विष्टलाई लाञ्छित गरी हर्कत भइरहेको भन्दै त्यसमा संलग्नमाथि कारवाही गर्ने चेतावनी समेत दिइएको छ। योगीको निस्कासनपछि इमेजका केही सञ्चारकर्मी उनको पुनःस्थापना लगायतका माग राखी आन्दोलनमा छन्। उनीहरुले समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन्। महासंघले विज्ञप्तिमार्फत इमेजमा रहेको प्रतिष्ठान शाखा र व्यवस्थापन पक्षसँग छलफलमा विष्टमाथि चरित्र हत्या गर्न केही व्यक्तिहरू नियोजितरूपमा लागेको गम्भीर आक्षेप समेत लगाएको छ। 'इमेज व्यवस्थापनलाई तत्काल समस्या समाधान गर्न एवं सम्बन्धित व्यक्तिहरूलाई महासंघको विधि–विधान तथा आचारसंहिता पालना गरी अनुशासनभित्र बस्न सचेत गराइन्छ ' विज्ञप्तीमा भनिएको छ, 'अन्यथा विधान र आचारसंहिता विपरित गतिविधि कायम रहे महासंघ कठोररूपमा उत्रिन बाध्य हुने समेत स्पष्ट गरिन्छ ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Severely damaged Buildings 00
National/Online Media

0 Comments