Incident Reports

भक्तपुरमा बलात्कार का घटना बढ्दो

2015-08-04

गएका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घट्नामा बृद्धी भएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले गएको दुई वर्षको दाजोमा यस वर्ष बलात्कारका घट्नामा बृद्धी भएको जानकारी दिएको हो । आर्थिक वर्ष ०६९/०७० मा १५ वटा बलात्कार र २ वटा बलात्कारको उद्योग सम्बन्धी घट्ना भएको भक्तपुरमा आर्थिक वर्ष ०७०/०७१ मा बलात्कारको घट्ना १५ वटा र बलात्कार उद्योग ३ वटा घटना भएको प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । त्यसको दाँजोमा आर्थिक वर्ष ०७१/०७२ मा भने बलात्कार भएको १९ वटा घटना घटेको र ९ वटा बलात्कार प्रयासका घटना भएको उहाँले बताउनुभयो । बलात्कारका अधिकांश घटना चिनजानको व्यक्तिबाटै भएको र दुई जना बालिकालाई ललाई फकाई बलात्कार गरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पटक पटक यौन सम्बन्ध भएपछि दुई जनाबीच असमझदारी भएपछि बलात्कार भएको उजुरी आएपछि कतिपयलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

0 Comments