Incident Reports

खहरे खोलामा युवाको हत्‍या

2015-08-03

Province 1, Sunsari, Dharan

धरान उपमहानगरपालिका-३ मा सोमवार राति खोटाङका शंकर राईको हत्या गरिएको छ। खोटाङको दिप्लुङ स्थायी घर भएका राई परिवारका साथ धरानमा डेरा गरी बस्दै आएका थिए। उनको मंगलवार धरानको माछा भौडीको खहरे खोलामा शव भेटिएको छ।टाउको गम्भिर प्रकारका चोट दखिएकाले उनको हत्या गरिएको आशंका गरिएको छ।भुपु सिंहापुर पुलिस रहेका राई जागिर छाडेर १० बर्षदेखि धरानमा डेरा गरी परिवार सहित बस्दै आएका थिए। हत्याराहरुले शंकरको हत्या गरी कम्मरमाथिको भागमा लुगा समेत नभएको अवस्थामा खहरे खोलामा सब फालेको अवस्थामा प्रहरीले उनको शव पानीबाट निकालेर मुचुल्का गरी सब सल्यपरिक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। घटनाबारे अनुसन्धान थालीएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताएका छन्। उनले शंकरको हत्याबारे सत्यतथ्य छानविन गर्न प्रहरी परिरचालन गरिएको बताएका छन्। यस अघि साउन १ गते धरान-८ का भेसु मगरको पनि हत्या गरिएको थियो। भेसुका पाँचजना हत्यारालाई प्रहरीले पक्राउ गरी सकेको छ। शंकरको हत्या पश्‍चात धरानवासि आतंकित भएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports