Incident Reports

इनार छोएको आरोपमा दलित महिलालाई कुटपिट गर्ने गिरफ्तार

2015-07-29

Madhes, Siraha, Golbazar, Ward 2

मिर्चैया नगरपालिका- ९ कि १९ वर्षीया कवितादेवी सदायलाई इनारको पानी छोएको आरोपमा कुटपिट गर्ने सोही ठाउँका ६० वर्षीय लाल यादवलाई साउन १९ गते इलाका प्रहरी कार्यालय, मिर्चैयाले गिरफ्तार गरेको छ । साउन १२ गते इनारमा पानी लिन जाँदा विवाद भएपछि लाल यादवका छोरीहरूसँग पीडितको भनाभन भएको थियो । सोही घटनालाई लिएर साउन १३ गते बिहान यादवले कवितालाई इनारको पानी किन छोइस् भन्दै निर्घात कुटपिट गरेको पीडितले बताइन् । घटनाका बारेमा पीडित परिवारले इलाका प्रहरी कार्यालय, मिर्चैयामा साउन १९ उजुरी गरेको छ । घटनामा घाइते भएकी पीडितको उपचार मिर्चैया अस्पतालमा भएको थियो । आरोपितलाई गिरफ्तार गरी आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर हरि खतिवडाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments