Incident Reports

दुधे बालकलाई विष खुवाउने काकी सार्वजनिक

2015-08-05

Sudurpashchim, Kanchanpur, Shuklaphanta

जेठानीका पाँच महिने छोरालाई विष खुवाएर हत्या गर्न खोज्ने महिलालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी जेठानी जानकी शाहका दुधे बालक कर्मा शाहलाई विष खुवाउने कञ्चनपुरको बेल्डाँडी गाविस–९ की २० वर्षीया काकी समिरा शाहलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक किशोरकुमार दाहालले गत शनिबार समिराले आफ्नै सहोदर जेठानीले छोरालाई घरको बरन्डामा झुलामा राखेर गोरु चराउन गएका बेला दूधमा विष हालेर खुवाएकी थिइन् । “बालककी आमा झुलामा सुताएर जङ्गलमा गोरु चराउन हिँडेकी रहेछन्, ” पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दाहालले भने – “सोही मौकामा समिराले बालकलाई विष खुवाएको स्वीकार गरेकी छन् ।” समिराले बालकलाई विष खुवाउनाका कारण समिराको घरायसी विवाद, आफ्नो छोरी र जेठानीको छोरा हुनु, घरमा बसेर जेठानीको छोराको समेत हेरचाह गर्नुपर्नेलगायत रहेको प्रहरीको भनाइ छ । बालकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारत पठाइएको थियो । अहिले भारतमा बालकको अवस्था सामान्य भएपछि घर फिर्ता ल्याइसकिएको छ । समिराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments