Incident Reports

No translation available.

2015-08-05

Province 1, Sunsari, Dharan

धरान उपमहानगरपालिका–१४ विजयपुरमा एक सात वर्षीया बालिका पटक पटक बलात्कारको शिकार भएकी छन् । छिमेकी एक १९ वर्षीय युवाले घरमा बोलाएर पटक पटक बलत्कार गरेको उनका अविभावकले चालपाएपछि घटना बाहिर आएको हो । बालिका बलत्कार गरेको अभियोगमा १९ वर्षीय केशव गिरी पक्राउ परेका हुन् । बुधबार राति पक्राउ परेका उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । बालिका बलत्कृत भएको थाहा पाएपछि अविभावकले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानले गिरीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाएको डिएसपी सुदमकुमार सिजापतीले बताए । बलात्कृत बालिकाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइहेको छ । बालिकाको अवस्था खतरामुक्त रहेपनि मानसिकरुपमा विक्षिप्त भएकी छन् । गिरीविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक कारबाही थालिएको डिएसपी सिजापतीले बताए । गिरीले बालीका बलत्कार गरेको स्विकारेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments