Incident Reports

६ बालबालिका भारत लैजाँदै गर्दा २८ वर्षीय अंसारी पक्राउ

2015-08-05

Madhes, Mahottari, Jaleswor

महोत्तरीको भिठ्ठामोड सिमानाका हुँदै भारतको जयपुर जरिकारखानामा काम गर्न बालबालिका लिएर जाँदै गरेका २८ वर्षीय नईम अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अंसारीले ९ वर्ष देखिका ६ जना बालबालिकालाई जरीको काम गराउन लग्दै गरेको अवस्थामा जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन सिंहले शंका लागेपछि प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठलाई फोनमार्फत जानकारी गराएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । हतिसर्वा–५ मजरा निवासी हकिम अंसारीको २८ वर्षीय छोरा नईम अंसारीले रमदैया र हतिसर्वाका–६ जना बालबालिकालाई काम गराउन भारत तिर लगिरहेकोमा हाल बच्चाहरुका अभिभावकलाई खबर गरिसकिएको छ भने उनी आईसकेपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यता रमदैया–९ का एक बच्चाले हामीलाई ३ हजार मासिक दिने भनेपछि हामी आफ्नो अभिभावको स्विकृतीमा गइरहेको जनाएका छन । यता बाल अधिकार अधिकृत के आर विजयले अभिभावको स्विकृती भएपनि १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन नपाइने व्यवस्था रहेको बताएका छन् । श्रममा लगाउँदा सम्बन्धित श्रम कार्यालयमा जानकारी गराई स्विकृतीपछि मात्र लगाउन पाउने प्रावधान रहेको साथै बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँ लग्दा लग्नु आवश्यक कारण खुलाई जिल्ला बाल कल्याण समितिको सिफारिस लिएर मात्र लग्न पाउने व्यवस्था भएकोमा निजले दुवै काम नगरेको र बाल–बालिकालाई एक देशबाट अर्को देशमा लगिएकोले बालबालिकाको बालश्रम विरुद्धको अधिकार र ओसार–पसार विरुद्धको अधिकारमा खलल पुगेको देखिन्छ । सम्बन्धित बाल–बालिकाको परिवारको सर–सल्लाह बमोजिम लगिएको हो वा होइन भन्ने खुलि नसकिएकोले अनुसन्धानपछि कारबाहीबारे केहि भन्न नमिल्ने बताए । विगतमा पनि भारत तथा काठमाडौंका विभिन्न स्थानमा श्रम गराउन ललाई फकाई गरि लाने गरिएको छ ।

0 Comments