Incident Reports

इन्स्पेक्टरको कुटाइपछि हवल्दार अस्पताल भर्ना

2015-08-08

Bagmati, Kathmandu, Kathmandu

कार्यालयमा ढिला आएको भन्दै इन्स्पेक्टरले दुई हवल्दारमाथि कुटपिट गरेका छन् । घाइते भएका एक हवल्दार तीन दिनदेखि अस्पतालमा छन् । विपत व्यवस्थापन महाशाखा सामाखुसीमा कार्यरत इन्स्पेक्टर दानबहादुर थापाले हवल्दारद्वय डिके बुढाथोकी र सुरेन्द्रसिंह धामीमाथि कुटुपट गरेका हुन् । बुढाथोकी तीन दिनदेखि प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । उनको घाँटी र गालामा चोट लागेको छ । इन्स्पेक्टर थापाले मनपरी बोल्दै उनलाई लात्तीले टाउकोमा हानेका थिए । ‘रक्सी खाएर आएको भन्दै इन्स्पेक्टर ले अध्धाधुन्द कुटेका थिए,’ विपत व्यवस्थापन महाशाखाका एक प्रहरीले भने,‘रक्सी नै खाएको भए पनि विभागीय कारबाही गर्नुपथ्र्यो, तर उनीहरुले रक्सी पनि नखाएको आन्तरिक छानबिनमा खुलेको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in other institutions
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports