Incident Reports

बाबु वा आमा मध्ये एकको नामबाट नागरिकता लिन पाइने

2015-08-09

Bagmati, Kathmandu, Kathmandu, Ward 10

प्रमुख राजनीतिक दलहरुबीच शनिबार भएको छलफलमा नागरिकताका विषयमा वंशजका आधारमा नागरिकता लिँदा बाबु वा आमा मध्ये एकको नामबाट लिन सकिने विषयमा पनि दलहरुबीच सहमति भएको छ । दलहरुले प्रदेश संख्या र सिमांकन तथा नागरिकताको विषय टुंगो लगाए पनि धर्मनिरपेक्षता र थ्रेसहोल्डका विषयमा भने सहमति जुटाउन सकेको छैन् । सहमतिको प्रतिवेदन विशेष समितिले गएराति बसेको संवाद समितिको बैठकमा पेश गरेको छ । विशेष समितिले जनताको सुझावअनुसार मिलेका विषयमा एक खण्ड र छलफलको सूचीमा रहेका विषयलाई अर्को खण्डमा समेटेर प्रतिवेदन पेश गरेको हो । विशेष समितिले बुझाएको प्रतिवेदनमाथि संवाद समितिमा आइतबार छलफल हुने छ । त्यसपछि आइतबार दिउँसो बस्ने संविधानसभाको बैठकमा प्रतिवेदन पेश हुने छ ।
National/Online Media

0 Comments

Related Trend Analysis