Incident Reports

पत्रकार कुटपिट गर्ने प्रहरी निरीक्षकलाई विभागीय कारबाही

2015-07-20

 उज्यालो ९० नेर्टवर्क तथा हुलाकी न्यूजका सम्वाददाता शैलेन्द्र महतोलाई समाचार सङ्कलनको क्रममा कुटपिट गर्ने प्रहरी निरीक्षक निरञ्जन थापालाई विभागीय कारबाही भएको छ । पत्रकार महातोमाथि भएको कुटपिट तथा दुर्व्यवहार घटनाप्रति जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गणेशबहादुर थापाले साउन २५ गते माफीसमेत मागेका छन् । प्रहरी निरीक्षक थापालाई कारवाही स्वरुप धनुषाबाट विराटनगर क्षेत्रीय प्रहरी कार्यालयमा सरुवा गरिएको एसपी थापाले बताए । संविधानको प्रारम्भिक मस्यौदामाथि रायसुझाव संकलन कार्यको विरोधमा जनकपुर उद्योग वाणिज्य सङ्घको भवन अगाडि साउन ४ गते भइरहेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई प्रहरी निरीक्षक निरञ्जन थापाको कमाण्डमा रहेका प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेका थिए । करिब १५ देखि २० प्रहरीको समूहले पत्रकार महतोलाई कुटपिट गरिरहेको अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिले बचाएका थिए । प्रहरी निरीक्षक थापालाई विभागीय कारवाही स्वरुप सरुवा तथा एसपी थापाले सो घटनाको माफी मागेपछि पत्रकार महासंघले आन्दोलन स्थगित गरेको पत्रकार महासंघका सदस्य रामएकवाल महराले बताए । केही दिन अघि पत्रकार महतोले न्यायका लागि अदालत जाने भनि पत्रकार सम्मेलन गरेका थिए भने नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारमाथि भएको कुटपिट घटनाको विरोधमा आन्दोलन गर्दै आएको थियो । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 18
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
INSEC

0 Comments