Incident Reports

सुर्खेत घटनाप्रति आयोगको ध्यानाकर्षण, संयम रहन र प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह

2015-08-11

Bagmati, Lalitpur, Lalitpur

प्रदेश सीमाङ्कनविरुद्व केही जिल्ला र क्षेत्रमा भएको विरोधको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले साउन २६ गते एक विज्ञप्ति निकालेर ध्यानाकर्षा भएको जनाएको छ । आयोगले अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको तथा केही सर्वसाधारण घाइते भएको घटनप्रति दुख व्यक्त गर्दै घाइतेको प्रभावकारी उपचार गर्न सरकारलाई आग्रह गरेको छ । 'विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी सवारी साधन, राजनीतिक दलका कार्यालय तथा व्यक्तिगत सम्पत्तिमाथि आगजनी गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको पाइएको छ । प्रदर्शनलाई थप हिंसात्मक नबनाउन तथा संयमित रहन आयोग प्रहरी, प्रशासन र प्रदर्शनकारीलाई आग्रह गर्दछ ।'- जारी विज्ञप्तिमा भनिएको छ । सीमाङ्कनको विरोधमा केही जिल्लामा भएको बन्दका कारण नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न तथा व्यापार व्यवसाय गर्न पाउने अधिकार हनन् हुन पुगेको भन्दै आयोगले आफ्ना माग संयमित भएर राख्न विज्ञप्तिमा आग्रह गरिएको छ । साउन २५ गते सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । रमेशप्रसाद तिमल्सिना

0 Comments