Incident Reports

बालिकालाई बलात्कार गरी जनस्वास्थ्य कर्मचारी फरार

2015-08-05

Lumbini, Banke, Kohalpur

जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गत स्वास्थ्य चौकी नौवस्तामा कार्यरत ४५ वर्षीय रामबहादुर शाहीले १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन्। नौवस्ता स्वास्थ्य चौकीमा ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा काम गर्दै आएका शाहीले घरमा अविभावक नभएको अवस्थामा राती ११ बजे ती बालिकालाई बलात्कार गरेका हुन्। 'बालिकाका बुबाआमा भारतमा गएको मौका छोपी शाहीले रात्री ११ बजे घरमै पुगेर बलात्कार गरेको पाईयो,' इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी टिकाबहादुर केसीले भने। घरमा भाइबहिनीसँग सुतेको अवस्थामा शाहीले ती बालिकालाई बलात्कार गरेका थिए। पीडित बालिकाका तर्फबाट बलात्कार गरी शाही फरार रहेको भन्दै उजुरी आएको डिएसपी केसीले नागरिकसँग भने। बर्दिया जमुनी घर रहेका शाही स्वास्थ्य चौकीमा एक दशकदेखि कार्यरत छन्। बुबाआमासँग चिनजानको आधारमा बेलाबेला बालिकाको घरमा आवतजावत गर्ने शाहीले घरमा अविभावक नभएको मौकामा ती बालिकालाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । आरोपित शाहीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 'हामीले बालिकाको उजुरीको आधारमा जबर्जस्ती करणी मुद्धा दर्ता गरेका छौं,' डिएसपी केसीले भने, 'बालिकाको मेडिकल जाँच भएको छ, रिर्पोट आउँन बाँकी छ।' शाहीलाई पक्राउ गर्न एक सातादेखि प्रयास गरेपनि पक्रन नसकिएको उनले बताए। बलात्कार बालिका दलित परिवारको रहेको र उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । शाहीले साउन २० गते घरमै सुतेको अवस्थामा ती बालिकालाई बलात्कार गरेका हुन्। साउन २१ गते प्रहरीमा उजूरी आएपनि उनी फरार छन्। बालिका बलात्कार भएको घटना साताअघि प्रहरीमा जानकारी आएपनि आरोपित फारार हुन सक्ने भन्दै सार्वजनिक गरिएको थिएन । उनी नेकपा एमाले निकट रहेको र पार्टीबाटै घटना लुकाउन प्रयास भैइरहेको बुझिएको छ। फरार शाही सातादिन यता स्वास्थ्य चौकी नौवस्तामा समेत हाजिर भएका छैनन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted o
Total damaged Buildings o
Severely damaged Buildings o
Totally damaged Vehicles o
Severely damaged Vehicles o
National/Online Media

0 Comments