Incident Reports

धर्म परिवर्तन गर्न परिवारले दवाव दिएपछि सम्बन्धबिच्छेदको मुद्दा दर्ता

2015-08-12

Gandaki, Lamjung, Besishahar

धर्म परिवर्तनको लागि पतिलगायत परिवारका सदस्यहरूले दबाब दिएपछि रामेछापको हिमगङ्गा गाविस- ६ की २० वर्षीया सुनीता श्रेष्ठले सम्बन्धविच्छेदका लागि साउन २६ गते जिल्ला अदालत रामेछापमा मुद्दा दर्ता गरेकी छिन् । रामपुर गाविस- ४ का भुवनलाल श्रेष्ठकी छोरी सुनीता श्रेष्ठले २०६८ सालको चैत २७ गते हिमगङ्गा -६ का नरबहादुर सुनुवारसँग विवाह गरेकी थिइन् । सुनीताले विवाह गर्नु अघि नरबहादुरका माहिला दाजु नरेश सुनुवार क्रिश्चियन धर्म मान्दथे । परिवारका अन्य सदस्य हिन्दु धर्म नै मान्दथे । उनको विवाहपछि नरबहादुर सहित परिवारका अन्य सदस्यले पनि क्रिश्चियन धर्म लिए । परिवारमा सुनिता मात्र हिन्दू धर्म मान्ने भइन् । त्यसपछि उनी माथि धर्म परिवर्तनको लागि परिवारको दवाव सुरु भयो । परिवारका सदस्यहरूले धर्म परिवर्तनको लागि दवाव दिएपछि आफू एक वर्षेखि माइतीमा नै आएर बस्दै गरेको उनले बताईन् । धर्म परिवर्तनको लागि दवाव आएपछि आफूले सो कुरा सहन नसकेर सम्बन्ध विच्छेद गर्न लागेको अदालतमा मृद्दा दर्ता गर्न आएकी सुनिताले बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Ethnic or caste-based collective tensions
Secondary Cause Domestic violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments