Incident Reports

आम हड्तालले जनजीवन प्रभावित

2015-08-13

Lumbini, Banke, Nepalgunj

विभिन्न माग राख्दै गरिएको आमहड्तालको दोस्रो दिन बिहीबार बाँकेको जनजीवन थप प्रभावित भएको छ । आमहड्तालका कारण बिहानैदेखि यातायात, बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था बन्द भएका छन् । नेपालगन्जमा साना सवारी साधनहरु साइकल, रिक्सा, टांगा र मोटरसाइकल बाहेक अन्य सवारी साधन चलेका छैनन् । मुख्य चोक बाहेक भित्रि सडकमा छिटपुट रुपमा पसल खुलेको पाइएको छ । सुरक्षाकर्मी चोक–चोकमा परिचालित छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी खटाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments