Incident Reports

स्थानीय द्वारा बलात्कारका सिकार भएकी किशोरी र उनको परिवार माथि अपहेलना

2015-08-13

Madhes, Rautahat, Katahariya

 गाउँका युवकले छोरी बन्धक बनाएर यौन शोषण गरेको घटनापछि पीडित परिवारलाई गाउँ बस्नै असहज भएको छ। छिमेकी र आफन्तले कुरा काट्न थालेपछि पीडित परिवार समस्यामा परेको हो। जिल्लाको कटहरिया १ हर्षाह टोलकी १६ वर्षीयालाई गाउँकै २२ वर्षीय अमिन मन्सुरीले चन्द्रनिगाहपुरको एक कम्प्युटर इन्स्टिच्युटमा जागिर लगाइदिन्छु भन्दै साउन ७ गते दिउँसोदेखि ५ दिनसम्म कोठामा बन्धक बनाई जबर्जस्ती यौन शोषण गरेका थिए। युवकविरुद्ध गरुडा प्रहरीले मानव बेचबिखन, ओसारपसार तथा जबर्जस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ। त्यसपछि नै उनीहरूलाई गाउँमा बसिसक्नु छैन। स्थानीयले पीडित परिवारलाई मानसिक तनाव दिइरहेका छन्। ‘गाउँमा बस्नै गाह्रो भो,’ किशोरीका बाबुले भने, ‘पीडकबाट असुरक्षा महसुस भइरहेको बेला स्थानीयले समेत बेइज्जत गर्न थाले।’ उनीहरूले घुमाउरो पाराले अपमान गर्न थालेको भन्दै अधिकारकर्मर्समक्ष अन्यत्र बस्ने वातावरण मिलाइदिन अनुरोध गरेका छन्। अधिकारकर्मी देवकी नेपालले केही गाउँलेले अपमान गरेको बताइन्। ‘अन्यन्त्र बासको व्यवस्था गर्न माग गरेका छन्,’ उनले भनिन्, ‘पीडितलाई थप पीडा दिने थुप्रै छन्।’ घटना ढाकछोप गर्न मन्सुरका आफन्तले किशोरीका अभिभावकलाई मिलापत्रमा दबाब दिएका थिए। उनीहरूले ४ लाख रुपैयाँ दिने बताएका थिए। तर परिवारले सम्झौता नगर्ने भन्दै कानुनी बाटो अपनाएको थियो। त्यसपछि पीडितलाई मानसिक त्रास देखाउन थालिएको हो। किशोरीले जिल्ला अदालतमा मन्सुरले झुक्याई कोठामा थुनेर ५ दिनसम्म यौन शौषण गरेको बयान दिएपछि पीडकका आफन्त उनीहरूसँग चिढिएका हुन्। त्यसपछि नराम्रो गर्न थालिएको पीडितले बताए। आरोपी मन्सुर फरार छन्। गरुडाका प्रहरी निरीक्षक सन्तुप्रसाद जैसवारले फरारको खोजी भइरहेको बताए। उनले पीडित परिवारलाई गाउँमा असहज भएका बारे कुनै जानकारी नभएको जनाए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments