Incident Reports

हुम्ला बन्द फिर्ता

2015-08-13

Karnali, Humla, Simkot

अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै मङ्गलबारदेखि गरिएको हुम्ला बन्द आज फिर्ता लिइएको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको समेत अभाव र जनजीवन कष्टकर बन्दै गएपछि बन्द फिर्ता लिइएको नेकपा एमालेका जिल्ला सचिव लोकबहादुर हमालले जानकारी दिए । बन्दका कारण बन्द रहेको एकमात्र यातायातको साधन हवाइ यातायातसमेत आजदेखि सुचारु भएको छ । बन्दकर्ताले नेपाल नागरिक उड्डयन कार्यालय बन्द गर्न चेतावनी दिएपछि तीन दिनदेखि हुम्लामा हवाइ जहाज जान सकेको थिएन । बन्द खुलेसँगै आज दिउँसो सिम्रिक र गोमा एयरका हवाइजहाजले उडान भरेको नेपाल नागरिक उड्डयन कार्यालय हुम्लाका प्रबन्धक कैलाश शर्माले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people More than 20
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments