Incident Reports

पोखरामा देउवा पक्षका नेताको कोइराला पक्षका कार्यकर्ताद्वारा हत्या

2015-08-13

Gandaki, Kaski, Pokhara Lekhnath

कास्कीको पोखरामा नेपाली कांग्रेसका सस्थापन पक्ष नेताले देउवा पक्ष नेताको हत्या गरेका छन्। लेखनाथ १ बरालथरका देउवा पक्षका कार्यकर्ता रामजी पौडेलको संस्थापन पक्षका कार्यकर्ता राजु रानाभाटसहितले हत्या गरेको प्रहरीले जनाएको छ। कास्की क्षेत्र १ को नगर समितिका अध्यक्षमा उम्मेद्वारी दिएका पौडेलको गएराति हत्या भएको हो। उनको शव आज बिहान गगनगौडामा फेला परेको कास्कीका एसपी हरिबहादुर पालले सेतोपाटीलाई बताए। दुई पक्षबीच केहीसमयदेखि विवाद रहँदै आएको थियो। बिहीबार राति स्थानीय कांग्रेसी नेता बुद्धिमान तामाङको घरमा विवाद मिलाउन छलफल भएको थियो। विवाद झन् बढेपछि पौडेल छलफलबाट निस्किएर हिँडेका थिए। पौडेलसँगै हिँडेका स्थानीय कार्यकर्ता मनोज गुरुङ घाइते भएका छन्। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको छ। उनले प्रहरीसामु पौडेलको हत्या गरेको स्वीकार गरेको प्रहरीले बतायो। घटनामा संलग्न प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतम फरार रहेको प्रहरीले जनाएको छ। लेखनाथ १ पावरहाउस घर भएका उनको शव पृथ्वीराजमार्ग नजिकैको भीर तल भेटिएको प्रहरीले जानकारी दिएको छ। उनको हात, घाँटीमा चोट देखिएको छ। हत्‍याको विरोधमा उनी समर्थित कार्यकर्ताहरुले पृथ्वीराजमार्गमा चक्काजाम गरेका छन। आक्रोसित भीडले बा १२ च ३२८० नम्वरको निजी मारुती सुजुकी गाडी जलाई दिएका छन। उनीहरु सबै संस्थापन पक्षका कार्यकर्ता हुन्। बादल नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघ कास्कीका पूर्व जिल्ला सभापती हुन्। प्रधानमन्त्री सुशील कोइराला र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समर्थकका रूपमा नेपाली कांग्रेसका कार्यकर्ताहरू देशभर विभाजित छन्। भदौ १७ गते हुने पार्टीको महाधिवेशनका लागि स्थानीय तहमा क्रियाशिल सदस्यता वितरण र निर्वाचन भइरहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments