Incident Reports

थरुहट माग गर्दै हडताल गर्ने पाँचजना पक्राउ

2015-08-14

Madhes, Saptari, Balan Bihul

थरुहट स्वायत्त प्रदेशको माग गर्दै हडतालमा उत्रिएको थारु कल्याणकारी सभाका पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रौतहटको आह्वानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा सवारी आवागमनमा अवरोध गरेको भन्दै आज बिहान प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीका अनुसार पक्राउ पर्नेमा थारु कल्याणकारिणी सभा रौतहटका अध्यक्ष रामआश्रय चौधरी, कोषाध्यक्ष भूमध्य चौधरी, थारु जागरुक समितिका उपाध्यक्ष जोखन फनैत, रुपनारायण चौधरी र भागीरथ चौधरी रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ। यसअघि, विरोध प्रदर्शनको क्रममा सो कार्य समितिले तराईलाई टुक्राउन नहुने, ६ प्रदेश नमान्ने, थारु आन्दोलनमा गरिएको दमन बन्द गर्न र प्रादेशिक सरकारमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न, स्वायत्त थरुहट प्रदेश कायम गर्न र जातीय जनसङ्ख्याको आधारमा राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व कायम गर्नुपर्नेजस्ता माग राखेको थियो। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments