Incident Reports

राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप, दर्जन बढी घाइते

2015-08-14

Bagmati, Kathmandu, Kathmandu

हिन्दू राष्ट्र माग्दै प्रदर्शनमा उत्रिएको राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । झडपमा परी राप्रपा नेपालका केन्द्रिय सदस्य चिरागमानसिंह कुँवरसहित १७ जना घाइते भएको सहप्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार घाइतेहरुको बानेश्वरको सिभिल सर्भिस अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गर्दै नियन्त्रणमा लिएको थियो । अहिले राप्रपा नेपालका कार्यकताहरु रत्नपार्कतर्फ फर्किएका छन् । पार्टीको पूर्वनिर्धारित कार्यतालिका अनुसार शहीदगेटमा कोणसभाका लागि प्रदर्शनकारीहरु फर्किएका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation RPP
Actor 2 - Youth na
Total Injured 17
National/Online Media

0 Comments