Incident Reports

ऋण फिर्ता नदिएपछि हत्या

2015-08-15

Gandaki, Syangja, Putalibazar, Ward 4

ऋणमा दिएको पैसा नफर्काएपछि एमाओवादी नुवाकोटका गाउँ कमिटी सचिव राजेश्वर मोक्तान तामाङको हत्या भएको रहस्य खुलेको छ। हत्यामा संलग्न अभियुक्त नुवाकोट उर्लेनीकै अमर भनिने ध्रुबबहादुर स्याङ्तान पक्राउ परेपछि उनको बयानबाट यस्तो तथ्य खुलेको हो। गाउँमा सहकारी पसल सञ्चालन गरी बसेका तामाङलाई दुई वर्षअगाडि पटकपटक गरी दिएको दुई लाख रुपैयाँ ऋण फिर्ता माग्दा नदिएपछि हत्या गरेको स्वीकार स्याङ्तानले प्रहरीसमक्ष गरेका छन्। पत्‍नी शर्मिला (नाम परिवर्तन) र तामाङको अवैध सम्बन्ध रहेको हल्ला फैलिएपछि स्याङ्तान तनावमा थिए। उनले पत्नीलाई नै साउन पहिलो साता पैसा फिर्ता माग्न तामाङको घर पठाएका थिए। तर तामाङले 'मैले तेरो पैसा ब्याजमा लगाएको छु, मसँग भागीविवाह गरिनस् भने पैसा दिन्‍नँ' भनेर शर्मिलालाई करणी गर्ने मनसायले घाँटी थिचेर लडाएका थिए। तामाङको हर्कतबारे शर्मिलाले पतिलाई बताएपछि स्याङ्तान र तामाङबीच शत्रुता पैदा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे जानकारी दिन महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो। 'मैसँग लिएको ऋण फिर्ता माग्दा तामाङले उल्टै पत्नीलाई करणी गर्न खोज्यो। विवाह गर्न दबाब दियो। त्यो तनाव सहन सकिनँ। कि मर्छु वा मार्छु भन्ने निष्कर्षमा पुगें’, स्याङ्तानको बयान उल्लेख गर्दै महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने। खनालका अनुसार फोनमा समेत पटकपटक वादविवाद भएपछि साउन २० गते मोक्तान आफैंले स्याङ्तानलाई काठमाडौं बोलाएका थिए। स्याङ्तानले भने तामाङको हत्या गर्ने मनसायले दापसहितको खुकरी कम्मरको पछाडि भिरेर काठमाडौं आएका थिए। विनाशकारी भूकम्पमा गाउँमा राहत बाँड्दाको कागज काठमाडौंमा बुझाउन आएका तामाङ र स्याङ्तानको भेट साउन २० गते साँझ बालाजु माछापोखरीमा भएको थियो। एसएसपी खनालका अनुसार माछापोखरीबाट साँझ माइक्रोबस चढी दुवैजना काभ्रेस्थली भेडीगोठ हाइटमा पुगी धानबारी हुँदै हिँड्दा ऋण र पत्नीको सम्बन्धबारे तामाङले कुरा उठाएका थिए। 'जे हुनु भैगो म तेरो पत्नीलाई राख्नु परे पनि राख्छु तर पैसा फिर्ता गर्दिनँ', भनेर तामाङले अड्डी लिएपछि उनीहरूबीच विवाद सुरु भएको थियो। 'मैले ज्यालामजदुरी गरेर कमाएको पैसा हो, पत्नीलाई जे गर्छस् गर तर पैसाचाहिँ मलाई चाहिन्छ' भनेर स्याङ्तानले भनेपछि दुवैबीच हात हालाहाल भएको थियो।' दुवैबीच घाँटी थिचाथिच परिरहेकै बेला स्याङ्तानले कम्मरपछाडिको खुकुरी निकाली तामाङको घाँटीमा छप्काएका थिए। तामाङ मर्‍यो भनेर स्याङ्तान गाउँतिरै गएका थिए', एसएसपी खनालले भने। उनका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा अर्काकी पत्नी र ऋणमा दिएको पैसा ताक्न खोज्दा माओवादी नेता तामाङको हत्या भएको देखिन्छ। तामाङको हत्यापछि स्याङ्तान गाउँमै फर्किएका थिए। स्थानीय र प्रहरीले काभ्रेस्थलीमा तामाङको शव फेला पारेपछि स्याङतान लुकीछिपी गाउँमै बस्दै आएका थिए।इलाका प्रहरी कार्यालय खरानीटारको सहयोगमा महाशाखाले स्याङ्तानलाई काठमाडौं ल्याएको हो। प्रहरीले स्याङ्तानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबारै कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको छ। अन्नपूर्ण पोस्ट्को फेसबुक, ट्वीटर, गुगल प्लस र युट्युबमा जोडिनुस् । मोबाइलका लागि एन्ड्रोइड र आइस्टोरबाट एप डाउनलोड गर्नुस् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports