Incident Reports

छोरी जन्माएको आरोपमा महिलालाई घर निकाला

2015-08-19

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 4

दैजी गाविस - ४ बगुनकी २१ वर्षीया कलावती धामीलाई उनका पति ३५ वर्षीय राम धामीले छोरी जन्माएको आरोपमा घरनिकाला गरेको भन्दै पीडितले भदौ २ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएकी छिन् । कलावती धामीको असार ४ गते छोरी जन्मेपछि उनका पतिले छोरी जन्माएको आरोप लगाउँदै घरनिकाला गरेको पीडितले बताइन् । पीडित कलावती जिल्लास्थित लैङ्गिक हिंसा पीडितहरूका लागि खुलेको जिल्ला सेवा केन्द्रमा आश्रय लिएर बसेकी छन् । कलावतीको उजुरीको आधारमा पीडितका पति राम धामीलाई गिरफ्तार गर्न स्थानीय प्रहरीलाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनायो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments