Incident Reports

लुटेराको आक्रमणमा दुई युवती गम्भीर घाइते

2015-08-20

Gandaki, Nawalparasi East, Kawasoti, Ward 8

लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन् । तनहुँको गजरकोट–७ घर भई नवलपरासीको कावासोती–३ डम्बरबहादुर चोकस्थित पदमबहादुर दाहालको घरमा डेरा गरी बस्ने दुई दिदीबहिनीलाई लुटेराले अचेत हुने गरी कुटपिट गरी सुनको गहना लुटेर लगेको प्रहरीले जनाएको छ । लुटेराले गएराति घरको मूलगेटको ताला फोडी २० वर्षकी रेश्मा कार्की (सिग्देल) र उनकी बहिनी वर्ष १६ की रुपा कार्की बस्ने कोठाको ढोका खोलेर दिदीबहिनीलाई हातपात गरी दिदीले लगाएको सिक्री लुटेर लुटेरा भागेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिए। लुटेराले सुनको सिक्री, बाला, झुम्का, नगद, लगाएका गहना लगेको आफन्त इन्द्र सिग्देलले जानकारी दिए। गम्भीर घाइते भएका दिदीबहिनीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ। वर्षायाम र चाडबाड सुरु हुँदैगर्दा यस्ता चोरीका घटना बढ्ने भएकाले प्रहरीले व्यापक खोजतलास र निगरानी बढाएको प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले बताए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments

Related Reports