Incident Reports

जनजातिको बन्दले ताप्लेजुङ ठप्प

2015-08-23

नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको दुईदिने बन्दको प्रभाव ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पनि आइतबार बिहानैदेखि परेको छ । संविधानको नयाँ मस्यौदाको विरोध गर्दै महासंघले आइतबार र सोमबार दुई दिनका लागि बन्द आह्वान गरेको हो । बन्दका कारण ताप्लेजुङबाट बाहिरिने लामा तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा समेत बन्द छन् । अत्यावश्यकीय सवारीसाधनलाई भने बन्दमा चल्न दिइने महासंघले जनाएको छ । विगतमा सरकारले आदिवासी जनजातिसँग गरेको सहमति र अन्तरिम संविधानको भावनाविपरीत नयाँ संविधान ल्याउन लागिएको भन्दै विरोधस्वरुप महासंघले बन्द आह्वान गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other indigenous organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments