Incident Reports

विजय जुलुस मनाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप

2015-08-22

Karnali, Jajarkot, Bheri

मध्यपश्चिम प्रदेश र प्रादेशिक राजधानी सुर्खेतको माग गर्दै १२ दिनदेखि आन्दोलनरत जाजरकोटका राजनीतिक दल, नागरिकसमाज लगायत विभिन्न संघ संगठनले आफूले उठाएको माग पुरा भएको भन्दै विजय जुलुस निकाल्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा डेढ दर्जन भन्दा बढी आन्दोलनकारी र आठजना प्रहरी घाइते भएका छन् । झडपमा प्रहरीका केही सञ्चारसामग्री र सुरक्षा सामग्री समेत तोडफोड भएको छ । जाजरकोट लगायत मध्यपश्चिमका केही जिल्लाहरूले माग राखी आन्दोलनमा उत्रिएपछि चारदलका शिर्षनेताहरूको आज बसेको बैठकले माग सम्बोधन गरेको भन्दै विजय जुलुस मनाइएको आन्दोलन परिचालन समितिका सदस्य कमान बहादुर खड्काले बताए । दलहरूले राँके जुलुस सहितको विजय जुलुस मनाउने सहमति भएपछि प्रहरीले पाएको सूचनाका आधारमा राँके जुलुस नगर्न दिने अभिप्रायले घेराबन्दी गरेको र आन्दोलनकारीले प्रहरीको घेराबन्दी तोड्न खोज्दा केही आन्दोलनकारीहरूको बिचबाटै ढुंगा मुढा प्रहार भएको थियो । प्रहरीले स्थितिलाई सामान्य बनाउनका लागि भन्दै दुई सेल अश्रुग्याँससहित प्रहार गरेको भएपनि स्थिति सामान्य बन्न नसकेपछि प्रहरीले एक्कासी लठ्ठी चार्ज गरेको थिए । प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा डेर्ढदर्जन भन्दा बढी आन्दोलनकारी र प्रहरी सहायक निरिक्षक देबबहादुर गुरुङ सहित करिब ८ जना प्रहरी घाइते भएका छन् । केही प्रहरीको सञ्चारसामग्री र सुरक्षाका सामग्री समेत तोडफोड भएको छ । घाइते केही आन्दोलनकारीहरूको जिल्ला अस्पतालमा उपचार भेरहेको छ भने घाइते प्रहरीहरूको जिल्ला प्रहरी कार्यालयमै उपचार भैरहेको प्रहरी नायव उपरिक्षक दान बहादुर मल्ले जानकारी दिएका छन् । यसैबीच नागरिक समाजका अगुवा खिमबहादुर शाहीले सौहार्दपूर्ण र शान्तिपूर्वक भैरहेको आन्दोलनमा नेकपा माओवादी वैद्य समूहको घुसपैठ भई उनीहरूले ढुंगाप्रहार गरेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Group Clash
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 26
INSEC

0 Comments