Incident Reports

बागलुङमा 'नेपाल बन्द सँधैका बन्द'‍‍ जुलुसमा आन्दोलनकारीको हस्तक्षेप

2015-08-23

Gandaki, Baglung, Baglung

विभिन्न समुहले निरन्तर आह्वान गर्ने बन्दले दैनिक जनजीवन अस्तव्यस्त भएको भन्दै बागलुङमा बन्द सँधैका लागि बन्द गर्ने सन्देश दिन आयोजना गरेको जुलुसमा आन्दोलनकारीले हस्तक्षेप गरेका छन्। 'नेपाल बन्द सँधैका लागि बन्द' भन्दै जनलेखा परीक्षण मञ्च, बागलुङको अगुवाईमा आज बागलुङ बजारमा जुलुस निकालिएको थियो । नयाँ सविधानमा जनजातिका माग सम्बोधन गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिको आह्वानमा दुई दिने देशव्यापी नेपाल बन्दको आयोजना गरिएको छ । कुनै आन्दोलनकारीको बिरुद्धमा नभई समग्र 'बन्द सँधैका लागि बन्द' होस् भन्ने सन्देश दिन जुलुसकाे आयोजना गरिएको जनलेखा परिक्षण मञ्चका अध्यक्ष तिलक सापकोटाले बताए । 'हामीले सँधै आयोेजना हुने बन्दलाई अन्त्य गर्ने सन्देश दिन खोजेका थियौँ,' सापकोटाले भने, 'आन्दोलनकारीले उहाँहरुको बिरुद्ध ठानेर हस्तक्षेप गर्नुभयो । हाम्रो अभियान कसैका बिरुद्ध नभई समग्र बन्दको बिरोधमा हो ।' उनीहरुले काम गर्ने बातावरण देउ, बन्दको बिकल्प खोजौँ, बन्द समस्याको समाधान होइन लगायतका प्ले कार्ड लिएर जुलुस निकालेका थिए । सम्भावित झडपलाई मध्य नजर गर्दै व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । सो जुलुसमा आदिवासी जनजाति महासंघ,बागलुङका नेता तथा कार्यकर्ताले हस्तक्षेप गरी प्ले कार्ड च्यातिदिएका दिए । प्रहरीले दुवै पक्षलाई संयमित गराए पछि कुनै अप्रिय घटना भएन । आँफूहरुले आफ्नो समुदायको न्यायप्राप्तिको लागि आन्दोलन गरेको नेपाल आदिबासी जनजाति महासंघ बागलुङका अध्यक्ष महेशचन्द्र प्रधानले बताए । बन्दको आह्वानको पहिलो दिन बागलुङ वजार पूर्ण रुपमा बन्द रहेको छ । यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन छुटेका छैनन् । अहिले आएको मस्यौदा संविधानले आदिबासी जनजातिका अधिकारलाई झन कटौती गरेको उनीहरुको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments