Incident Reports

बन्दको प्रतिकारमा नेपालगन्जका ब्यवसायी

2015-08-23

Lumbini, Banke, Nepalgunj

साउन २६ देखिको बन्दले ब्यापार धरासायी भएको र बन्दकर्ता तोडफोडमा उत्रिएको भन्दै नेपालगन्जका ब्यापारी बन्द विरुद्ध प्रतिकारमा उत्रिएका छन्। आइतबार यहाँका ब्यापारीहरुले बन्दकर्ताहरुको विरोधमा प्रतिकार जुलुस निकालेका छन्। बन्दकर्ताले भाडाका युवा र बच्चाहरु समेत प्रयोग गरि तोडफोडमा लागेको भन्दै ब्यापारी सडकमा निस्किएका हुन्। नेपालगन्ज धम्बोजीमा तयारी पोशाकको ब्यापार गर्दै आएकी ज्ञानुसिँह ठकुरीले बन्दकर्ता अराजक बन्दै गुडेको गाडी तोडफोड गर्ने, व्यापारीमा माथि आक्रमण गर्ने काम गरिरहेको भन्दै बन्दको विरोधमा उत्रिएको बताईन्। 'मासिक भाडा ५० हजार तिर्नु पर्छ', उनले भनिन्, 'बन्द भएको १५ दिन भयो ,अव कति सहेर बस्ने, त्यसकारण प्रतिकारमा उत्रियौ।' सर्वसाधरणले समेत बन्दको विरोधमा व्यापारीलाई सहयोग गरे। व्यापारी डिल्लीप्रसाद जैसीले संकटालमा पनि यसरी व्यापारी र सर्वसाधारण नागरिकमाथि आक्रमण नभएको बताउँदै अहिलेको बन्द उग्र भएकोले विरोध निकालिएको बताए। यस्तै टेम्पो ब्यवसायी सुदिप क्षेत्रीले १५ दिनदेखि व्यवसायी धराप भएको बताउँदै बन्दको प्रतिकारमा उत्रिनु बाध्यता भएको बताए। घरमा खान लगाउन समस्या भैइसकेको छ, कतिदिनसम्म सहेर बस्ने, उनले भने। व्यापारीले मोटरसाईकल तोडफोड गरिएको र सटक बन्द गराएको भन्दै संयुक्त मधेशी मोर्चाका बन्दकर्तालाई दिउँसो दुई बजे धम्बोजीबाट लखेटेका थिए। बन्दका समर्थकमा रहेका संयुक्त मधेशी मोर्चाको नेताहरु विजय गुप्ता र पशुपति दयाल मिश्रलाई व्यापारीले घेराउ गरेका थिए। उनीहरुलाई प्रहरी र अधिकारकर्मीले होटेलमा लुकाउन बाध्य भए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments