Incident Reports

बालिका करणी आरोपमा बृद्ध पक्राउ

2015-08-22

Madhes, Siraha, Bariyarpatti

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले सिरहा जानकीनगर-७ का ६५ वर्षीय वृद्ध मोहम्मद पलट मियाँलाई आइतबार पक्राउ गरेको छ । लहान प्रहरी प्रमुख डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार शनिबार बिहान आफ्नै भान्सा घरमा एक्लै रहेकी १० वर्षीया बालिकालाई छिमेकी मियाँले मुख थुनेर जबरजस्ती करणी गर्न खोज्दा बालिका चिच्याएपछि उनी भागेका थिए । फरार मियाँलाई हिरासतमा लिई अनुसन्धान भइरहेको र जबरजस्ती करणी उद्योग अपराध अन्तर्गत मुद्धा दर्ता गरिने डिएसपी चतुर्वेदीले बताए । यसैगरी, प्रहरीका अनुसार सिरहाको सोठियाइन-६ का १५ वर्षीया बालिकालाई छिमेककै मनोजकुमार सदायले सोमबार जबरजस्ती करणी गरि फरार भएका छन् । हजुरआमालाई लालपुर पुर्‍याई एक्लै घर फर्किएकी १५ वर्षीया बालिकालाई कटनिया खोलाको डिलमा मोटरसाइकलमा आएका मनोजले पक्रेर साँझ ५ बजे झाडीमा लगि जबरजस्ती करणी गरेको आरोपमा उनको खोजी भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments