Incident Reports

मुस्लिम समुदाय द्वारा प्रदर्सन

2015-08-23

Madhes, Siraha, Lahan

संविधानमा पहिचान सुनिश्चित गर्न माग गदै मुस्लिम समुदायले आइतबार प्रदर्शन गरेका छन् । जुलुसपछि राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्कर्मा समक्ष १२ सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाए। मागपत्रमा संविधानमा आदिवासी, जनजाति, मधेसी, दलित,महिलाजस्तै मुस्लिम समुदायको छुट्टै पहिचान सुनिश्चित गरिनु पर्ने माग छ। धर्मनिरपेक्षता ऐतिहासिक जनआन्दोलनको प्रमुख उपलब्धि भएकाले प्रस्तावनामै उल्लेख गरी संस्थागत गरिनु पर्ने, समानुपातिक समावेशी प्रतिनिधित्वको नीति लागू गर्नुपर्ने, राज्यको नीति निर्माण तहमा समानुपातिक सहभागिताको हक, मुस्लिम पारिवारिक कानुनको सुनिश्चितता, मुस्लिमलाई आफ्नो आस्थामा आधारित उच्च तहसम्मको धार्मिक शिक्षा लिने र दिने सम्बन्धी हक हुनुपर्ने माग छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Muslim Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments